Get the Flash Player to see this player.
 
Alternative Players:
News
खाडीबाट फर्किएर मौरीपालनको तयारी
 खाडीबाट फर्किएर मौरीपालनको तयारी
काठमाडौँ- खाडी मुलुकबाट फर्किएका युवाले सरकारसँग मौरीपालन नीति बनाइदिन र महको गुणस्तरीयता मापन गर्ने आधिकारिक प्रयोगशालाको व्यवस्था गरिदिन माग गरेका छन् । व्यावसायिक मौरीपालन गर्ने सोचाइका साथ नेपाल फर्किएका प्रमोद श्रेष्ठले सरकारसँग उक्त आग्रह गरेका हुन् । नेपालमा महको गुणस्तरीय मापन गर्ने अत्याधुनिक प्रयोगशाला नहुनु र सरकारले अहिलेसम्म मौरीपालन नीति नबनाइदिनुले मौरीपालन व्यवसायी अलपत्र परेका हुन् ।
सरकारले मौरी व्यवसायीका लागि मौरी विकास बोर्डको गठन, उपकरणमा अनुदान, मौरीको उच्च नश्ल सुधार, तालिम, मौरी सामग्री, घार तथा अन्य उपकरणमा अनुदान सहयोगसमेत उपलब्ध गराउन हो भने दशौँ हजार युवाले मौरीपालन व्यवसायबाट राम्रो आम्दानी गर्न सक्ने दाबी श्रेष्ठले गरेका छन् । नेपालमा २०५२ सालबाट व्यावसायिक रुपमा मौरीपालन सुरु भएको इतिहास छ । यद्यपि २० वर्षम्म एउटा प्रयोगशाला नभित्र्याउनु र नीतिसम्म नदिनुले सरकार मह व्यवसायीप्रति जवाफदेही नभएको व्यवसायी पर्ूणप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
 
नेपाल सरकार कृषि विकास मन्त्रालयले ‘युवा तिमी र्फक, यहाँ केही गर’ भन्ने अभियानलाई र्सार्थक परिणाममा पुर्‍याउन मौरी चराउन लैजाने ट्रक तथा अन्य उपकरणका लागि ५० देखि ९० प्रतिशतसम्म अनुदान दिने व्यवस्था मिलाएको कृषि विकास मन्त्री हर्र्रिसाद पराजुलीले जानकारी दिनुभयो । महका अन्तर्रराट्रय व्यापारी नेदरल्याण्ड निवासी जोन हकले नेपालमा उत्पादन भएजति नै मह खरिद गरिदिने आश्वासन दिनु भएको छ । उहाँले रासससँग कुरा गर्दै नेपाल सरकारबाट महको गुणस्तरीयता प्रमाणित गरिदिने हो भने नेपालबाट हजाराँै टन मह आफूले खरिद गर्न सक्ने बताउनुभयो ।
 
मौरीपालन केन्द्रीय सहकारी सङ्घका अध्यक्ष अर्जुनप्रसाद पोखरेलले नेपालमा वाषिर्क करिब एक हजार ६०० मेट्रिकटन मह उत्पादन हुने गरेको र वाषिर्क दर्ुइ अर्बको मह निर्यात र १० हजार युवालाई पर्ूण रोजगारी दिन सकिने जानकारी दिनुभयो । मौरीपालनबाट करिब चार हजार घरपरिवार र करिब १० हजार जनसङ्ख्याले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाएको नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घले जनाएको छ । सङ्घसँग आबद्ध सदस्यले वाषिर्क एक हजार मेट्रिकटन मह उत्पादन गरेका छन् ।
 
सरकारले यस वर्षमह उत्पादनका लागि देशका ५० जिल्लालाई पकेट क्षेत्र मानेको छ । जसका लागि मौरी घार तथा मौरीका लागि रु २० करोड विनियोजन गरेको कृषि विकास मन्त्रालय, योजना महाशाखाले जनाएको छ । नेपाल महमा समेत परनिर्भर भएको छ । नेपालले भारत, अमेरिका, डेनमार्क र चीनबाट करिब रु ६० करोडको मह आयात गर्दै आएको मह व्यवसायी धर्मराज श्रेष्ठले बताउनुभयो
 
नेपालमा मेलीफेरा र केरेना जातको मौरीबाट व्यावसायिक मह उत्पादन कार्य हुँदै आएको छ । मेलीफेराका ३५ हजार घार, र केरेनाका एक लाख २५ हजार गोलाबाट मह उत्पादन हुँदै आएको छ । विश्वमा नौ थरीका मौरीबाट मह उत्पादन गर्न सकिन्छ । त्यसमध्ये नेपालमा मेलीफेरा, केरेना, कठ्यौरी, भिरमौरी र सिनकुश (खागो० जातका मौरीबाट मह उत्पादन हँुदै आएको छ । सबैभन्दा महँगो मह भिरमौरीको हो । जुन प्रतिकेजी रु दर्ुइ हजार ५०० देखि रु तीन हजारमा, र केरेनाको रु ७०० देखि एक हजार र मेलीफेराको रु ४०० देखि रु ५०० सम्म बिक्री हँुदै आएको छ । नेपालमा मेलीफेरा जातको मौरीको व्यावसायिक उत्पादन हुँदै आएको छ ।
 
विश्वमा सबैभन्दा धेरै मह उत्पादन गर्ने देश र्टर्की हो । त्यसपछि क्रमशः अमेरिका, भारत र चीन पर्दछन् । नेपालमा हाल प्रतिवर्षदर्ुइ हजार ५० मेट्रिकटन मह उत्पादन हुने गरेको किट विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार नेपालले प्रतिवर्ष२० हजार मेट्रिकटन मह उत्पादन गर्ने क्षमता राख्दछ ।
नेपालको मह विश्वमा नै उत्कृष्ट मानिन्छ । नेपाली महले विश्व बजारमा जैविक, प्राकृतिक र हर्बलको पहिचान स्थापित गरेको जोन हकको दाबी छ । मौरीपालन व्यवसायबाट वातावरणलाई समेत टेवा पुग्ने बताइन्छ । मौरीपालन व्यवसाय वातावरणमैत्री व्यवसाय हो । व्यवसायी अर्जुनप्रसाद पोखरेलका अनुसार परागसेचन प्रक्रियामा मौरीको महत्व रहेको र वनस्पतिको अस्तित्वसमेत मौरीले नै जोगाइराखेको पाइन्छ । रासस
ON AIR
Gorkha News
UP NEXT
Frontpage
British Gurkha Media Network
Gorkha Sanchar Sahakari Sanstha Ltd
Gorkha Television