Get the Flash Player to see this player.
 
Alternative Players:
News
देशको सुरक्षा व्यवस्थाको जिम्मा दुई खनाललाई, प्रहरीमा सर्वेन्द्र र शसस्त्रमा शैलेन्द्र
 देशको सुरक्षा व्यवस्थाको जिम्मा दुई खनाललाई, प्रहरीमा सर्वेन्द्र र शसस्त्रमा शैलेन्द्र

काठमाडौं – देशको सुरक्षा व्यवस्थाको जिम्मा २ खनालको हातमा पुगेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको आईजिपीमा सर्वेन्द्र खनाल र शैलेन्द्र खनाल नियुक्त  भएका छन् ।

आज साँझ बसेको  मन्त्रिपरिषदको बैठकले  दुवै विभागको  आईजिपी  यी २ खनाललाई नियुक्ति गर्ने निर्णय गरेको हो ।   नेपाल प्रहरीको आइजीमा  सर्वेन्द्र सहित  रमेश खरेल,धीरु बस्न्यात र पुष्कर कार्की प्रतिस्पर्धामा थिए। शस्त्रको आईजीपीका लागि खनालसँगै पुष्पराम केसी दौडमा थिए  ।
 
बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामवहादुर थापा बादलसँग आईजीपी नियुक्तिबारे परामर्श गरेका थिए ।
नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा अवधिका कारण बुधबारदेखि अवकाश पाउँदैछन् ।
ON AIR
under ground Public Choice
UP NEXT
Gorkha Bulletin
British Gurkha Media Network
Gorkha Sanchar Sahakari Sanstha Ltd
Gorkha Television