Get the Flash Player to see this player.
 
Alternative Players:
News
« ... 5 6 7 8 9 10 11 12 13 14 15 ... »
प्रधानमन्त्री कोइरालाद्वारा नेपाल एमसीसीमा छनौट भएकोमा खुशी प्रकट
काठमाडौं, मंसिर २७- प्रधानमन्त्री सुशील कोइरालाले नेपाल संयुक्त राज्य अमेरिकाको मिलिनियमा च्यालेञ्ज कर्पोरेशन(एमसीसी)को कम्प्याक्ट कार्यक्रममा छानिएकोमा खुशी प्रकट गर्नुभएको छ । संयुक्त राज्य अमेरिका सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेशनको सञ्चालक समितिले यस कार्यक्रममा नेपाललाई पहिलो पटक छनोट गरेको हो । यस विषयको जानकारी सो संस्थाकी प्रमुख कार्यकारी अधिकृत धन जे हाइडले आज प्रधानमन्त्री कोइरालालाई टेलिफोन गरी जानकारी गराउनु भएको छ । यो कार्यक्रमले नेपालको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुग्ने प्रधानमन्त्रीले विस्वास व्यक्त गर्नु भएको छ । कार्यक्रम अन्र्तगत नेपालले आर्थिक अनुदान प्राप्त गर्ने छ । रकम नेपालको पूर्वाधार निर्माण,खास गरी जलविद्युत र सडक निर्माणमा खर्च हुनेछ । एमसीसीको सञ्चालक समितिका निर्देशकहरुले नेपालले आर्थिक स्वतन्त्रताको क्षेत्रमा कायम गरेको अनुकूल स्थिति, नागरिकको हक अधिकार र सामाजिक–आर्थिक विकासको लागि गरेको लगानी र सामाजिक न्यायको क्षेत्रमा गरिरहेको सन्तोषजनक कार्यलाई दृष्टिगत गरी यस कार्यक्रमका लागि छनौट गरेको हाएडाले जानकारी दिनु भएको छ । सहयोग राशी करिब १० अर्बदेखि ६० अर्ब रुपैया( १ सय मिलियन देखि ६ सय मिलियन डलर) सम्म हुनेछ । प्रधानमन्त्री कोइरालाले कार्यक्रम तथा अमेरीका सरकारलाई छनौट गरेको धन्यवाद ज्ञापन गर्नुभएको छ ।
काठमाडौं, मंसिर २६- एएफसी कप फुटबल प्रतियोगिताको ले अफ चरणको खेल तालिका सार्वजनिक भएको छ । तालिका अनुसार नेपालको शहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याग्दीले प्यालेस्टाईनको लिग च्याम्पियन हिलाल अद कुद्स विरुद्ध खेल्ने भएको छ । एशीयाली फुटबल महासंघ एएफसीले मलेसियाको क्वालालम्पुरस्थीत आफ्नो हेडक्वाटरमा हिजो ड्र सार्वजनिक गरेको हो । नेपालको मनाङले पहिलो खेलमा प्यालेस्टाईनी प्रतिद्धन्दीलाई पन्छाउन सके अन्तीम प्ले अफ खेलमा सिरीयाली च्याम्पीयन अल जईसको सामना गर्नेछ । त्यो खेलमा पनि विजयी भएको खण्डमा मनाङ मस्र्याग्दी एएफसी कप फुटबलको समुह चरणमा प्रवेश गर्नेछ । नेपाली क्लवले एएफसी कप प्रतियोगितामा सहभागिता जनाउन लागेको यो पहिलो अवसर हो । एएफसी प्रेसीडेन्ट्स कप फुटबलको समुह चरणमा विजेता बने बापत मनाङले एएफसी कपको प्ले अफ खेल्न पाएको हो । मनाङले प्यालेस्टाईनी क्लव अल कुद्स विरुद्ध यही फेब्रुअरी १० तारीखमा खेल्नेछ ।
काठमाडौं, मंसिर २६ - नेपाल निमाणर््ा व्यवसायी महासंघको १७ औं वाषिर्क साधारणसभा आज बाट राजधानीमा सुरुहुँदै छ । दुई दिने सम्मेलन नयाँ नेतृत्व चयन हुँदै सम्पन्न हुने छ । महाधिवशेनमा नयाँ नेतृत्वका लागि प्रजातन्त्रवादी समूहबाट हुमनाथ कोइरालाले आफ्नो उम्मेदवारी घोषणा गर्नु भएकोछ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कोइरालाले महासंघको नीतिगत सुधार एवम् साना व्यवसायीको हकहितका लागि आफू उम्मेदवार बनेको दाबी गर्नु भएको हो । मुलुकका करिब १७ हजार व्यवसायीलाई राज्यले हेर्ने दृष्टीकोण अझै परिवर्तन नभएको भन्दै उहाँले निर्माण व्यवसायीलाई राष्ट्रहितमा उपयोग एवम् समपिर्त गराउन आफू लागि पर्ने समेत प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
काठमाडौं, मंसिर २६ -नेपाल विद्यार्थी सङ्घको ११ औं महाधिवेशनको माग गर्दै विद्यार्थी नेताहरुले नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठकमा आज ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको केन्द्रीय समिति बैठकमा विद्यार्थी नेता नैनसिंह महरको नेतृत्वमा गएका विद्यार्थीको टोलिले नेविसङ्घको गरिमालाई जोगाई राख्नका लागि महाधिवेशन आवश्यक भएको भन्दै उक्त ज्ञापनपत्र बुझाएका हुन् । केन्द्रीय समितिको बैठकमा रहेका पार्टी महामन्त्री प्रकाशमान सिंहलाई लोकतान्त्रिक मान्यतालाई कायम राख्नका लागि पनि महाधिवेशन आवश्यक भएकाले ज्ञापन पत्र बुझाइएको विद्यार्थी नेता महरले जानकारी दिनुभयो । महाधिवेशनका कारण नेविसङ्घका विषयमा अन्तर्राष्ट्रियस्तरमा नै नकारात्मक सन्देश गएकाले त्यसतर्फ ध्यान दिन पनि नेतृत्व समक्ष माग गरिएको छ । ज्ञापनपत्र बुझाउनका लागि उहाँहरुले प्रधानमन्त्री निवासको बाहिरपट्टी दुई घन्टा धर्ना दिएका थिए ।
काठमाडौं, मंसिर २६- पहिचानको मुद्धा छाडेर सहमति नगर्न एमाओवादी अध्यक्ष पुषपकमल दाहाललााई आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले खबरदारी गरेको छ । पद्यम तुलाधरसहितका नेताहरुले आज विहान दाहाललाई भेटेर पहिचान र समानुपातिक समावेशीको मुद्धा नछाड्न खबरदारी गरेका हुन् । आन्दोलनले दलहरुबीच भइरहेको छलफल र सहमतिको प्रयासबारे जिज्ञासा पनि राखेको बुझिएको छ । ‘प्रदेशको संख्याबारे हाम्रो धेरै सरोकार छैन । तर, पहिचानको मुद्धा छोड्यो भने हामीलाई मान्य हुँदैन भनेर भनेका छौं,’ जनजाति आन्दोलनका प्रवक्ता ओम गुरुङले भन्नु भयो । भेटमा दाहालले आफूले पहिचान र समावेशी समानुपातिकको मुद्दा कुनै हालतमा नछोडेको बताउनु भएकोछ । पछिल्लो समय सुशील कोइराला र केपी ओली पनि सहमतिबाटै संविधान जारी गर्नुपर्छ भन्नेमा आएको भन्दै दाहालले आफूले पनि सहमतिमै जोड दिएको जनजाति नेताहरुलाई सुनाएका थिए ।
ON AIR
Cival Bank Ecomission
UP NEXT
Gorkha Bulletin
British Gurkha Media Network
Gorkha Sanchar Sahakari Sanstha Ltd
Gorkha Television