Get the Flash Player to see this player.
 
Alternative Players:
News
« 1 2 3 4 5 6 7 ... »
मदिराको विश्व ब्राण्ड बकार्डी नेपाली बजारमा
मदिराको विश्व ब्राण्ड बकार्डीले नेपालमा उत्पादन सुरु गरेको छ । कम्पनीले रोलिङ रिभरसँग मिलेर नेपालमा बोटलिङ सुरु गरेको बकार्डी भारत तथा दक्षिणपूर्वी एशियाका प्रवन्ध निर्देशक विजय सुव्रमणियमले काठमाडौंमा बताए । बकार्डीले अहिलेलाई नेपालमा बकार्डी लेमन र बकार्डी एप्पल दुई ब्राण्ड उत्पादन गर्ने जानकारी पनि उनले दिए । यी दुई ब्राण्डको ७५० एमएलको बोत्तल उपभोक्ताका लागि साढे नौ सय रुपैयाँ पर्ने पनि सुव्रमणियमले आइतवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । ३७५ एमएलको उत्पादन ४९० रुपैयाँ र १८० एमएलको बोत्तल दुई सय ५० रुपैयाँ पर्ने उनले बताए ।
म्यागासेसे पुरस्कार विजेता सुनिता दनुवार
मुम्बईका कोठीमा बिताएका पाँच महीना सम्झदाँ अहिले पनि उनलाई राति निद्रा लाग्दैन, शरीर गल्छ र मन विरक्त हुन्छ । दैलेख कासीकाध गाविसमा १ साउन २०३४ मा जन्मिएकी सुनिता वन ९दनुवार० ले वि।सं। २०५३ मा भारतको मुम्बईमा बिताएका ती दिन कथामा सुनिने र पढिने नर्कभन्दा कुनै हिसाबले कम त्रासदीपूर्ण थिएनन् । त्यही वर्ष भारतको महाराष्ट्र सरकारले १८ वर्षभन्दा कम उमेरकालाई वेश्यालयबाट उद्धार गर्ने निर्णय नगरेको भए उनले अरू कति समय त्यही नरकमा जीवन बिताउनुपर्दथ्यो भन्न सकिन्न ।
काठमाडौँ,पुष ३- मौसममा एकाएक परिवर्तन भएर चिसो बढ्न थालेपछि कोलडायरिया का विमारी बढ्न थालेका छन् । गत शनिबारदेखि पश्चििमी वायुका कारण मौसममा बदली आएर बर्षा र हिमपात भएसँगै चिसो हावा चल्न थालेपछि मुलुकभरका अधिकांश क्षेत्रमा कोलडारियाका विरामीको संख्या बढेको विर अस्पतालले जनाएको छ । कोलडारीयासँगसँगै, निमोनिया तथा श्वासप्रश्वासका बिरामी बढ्न थालेको चिकित्सकहरुले बताएका छन् । बालबालिका र वृद्धवृद्धामा अधिक कोलडायरिया, निमोनिया र श्वासप्रश्वास बढेको र स्वास्थ्य चौकीमा उपचारका लागि आउन थालेको छ । काठमाडौँ उपत्यका बाहेक मुलुकभरका जिल्ला जनस्वास्थ्य कार्यालयमा पनि केही दिनदेखि चिसोका कारण हुने रोगका सङ्क्रमित आउने क्रम बढेको जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
काठमाडौँ,पुष ३- आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । विश्वभर विभिन्न कार्यक्रम गरी मनाइने यो दिवसमा नेपालमा यस बर्षको नारा सुरक्षित आप्रवासनको आवश्यकता, हामी सबैको प्रतिबद्धता भन्ने रहेको छ । दिवसका अवसरमा आज सरकारी तथा गैरसकारी संघ संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् । श्रम तथा रोजगार मन्त्रालयको संयोजकत्वमा दिवस सप्ताहव्यापीरुपमा मनाइन लागीएको छ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हकअधिकार सम्बन्धि संयुक्त राष्ट्रसंघीय महासन्धी पारित भएको दिनको सम्झनामा सन् २००० देखि हरेक वर्ष डिसेम्बर १८ मा यो दिवस मनाउने गरिएको छ । रोजगारी र जीविकोपार्जनका लागि अर्को देशमा गइ बस्ने प्रकृयालाई आप्रवासन भनिन्छ । आप्रवासी कामदारहरुमा चेतना जगाउने, आप्रवासी कामदारहरुलाई सम्बन्धित देशका घरेलु कामदारलाई जस्तै मान्यता र सुरक्षा प्रदान गर्नुपर्ने सन्देशसहित विश्वभर यो दिवस मनाउने गरिन्छ ।
पानीबाट सर्ने नयाँ रोग फेला
काठमाडौँ,पुष २- नेपालमा पहिलो पटक पानीबाट सर्ने नयाँ रोग फेला परेको छ । उक्त रोग नेपालमा कसरी आयो भन्नेबारेमा अनुसन्धान भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रयण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काठमाडौँमा पानीबाट सर्ने लिगिनार्यस डिजिज नामक उक्त रोग दुई जनामा भेटिएको छ । उक्त रोग नेपालमा नभई विदेशमार्फत नेपाल आएका व्यक्तिबाट सरेको हुनसक्ने महाशाखाको अनुमान रहेको छ । रोगका बारेमा थाहा पाउनका लागि पानी परीक्षण गर्नुपर्ने र परीक्षणका लागि पानी विदेश पठाउनुपर्ने भएकाले त्यसको रिपोर्ट आउन करिब एक महिला लाग्ने महाशाखाका निर्देशक चिकित्सक बाबुराम मरासिनीले जानकारी दिनुभयो । पहिलो पटक यस्तो रोग देखिएपछि महाशाखाले काठमाडौँका विभिन्न अस्पतालमा सुरक्षा सतर्कता अपनाउन छलफल गर्ने तयारी गरेको छ । रुघाखोकी लाग्नु, ज्वरो आउनु, सास फेर्न गाह्रो हुनु, पखाला लाग्नु उक्त रोगका लक्षण हुन् । यो रोगका किटानु पानीको थोपाबाट श्वासप्रश्वासको माध्यमले फोक्सोमा पुग्ने चिकित्सकले बताएका छन् । समयमा रोगको उपचार नगरे कडा निमोनिया हुने निर्देशक मरासिनीले बताउनुभयो । यो रोगबाट बच्न पानी उमालेर मात्र पिउने र अरु प्रयोजनका लागि पनि पानी उमाल्नु पर्ने चिकित्सकको सुझाव छ । एयर कन्डिसनर, पानीका फोका, नुहाउन प्रयोग हुने सावर, पौडी पोखरी, अस्पतालमा बाफ लिन प्रयोग हुने मेसिन आदिबाट रोगका किटाणु सर्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
ON AIR
UP NEXT
British Gurkha Media Network
Gorkha Sanchar Sahakari Sanstha Ltd
Gorkha Television