Get the Flash Player to see this player.
 
Alternative Players:
News
« 1 2 3 4 5 6 7 8 ... »
काठमाडौँ पुष २- पेट्रोलियम पदार्को मूल्य अनुसार यातायात भाडा समायोजन गर्न विद्यार्थी संगठनले दवाव दिने भएका छन् । आज सयुक्त बैठक बसिर सरकारले यातायात भाडाको सामायोजनमा ध्यान नदिएको भन्दै दवाव कार्यक्रम बारे छलफल गर्दैछ । बिहान अनेरास्ववियुको कार्यालयमा बस्ने बैठकमा यातायातमा यसअघि बढाएको मूल्य, पेट्रोलको घट्दो मूलयकाबीच तालमेल नभएको विषयमा छलफल हुनेछ । अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले दवाव कार्यक्रम विषयमा छलफल हुने बताउँनु भएको छ ।
एजेन्सी,पुष २ -पाकिस्तानको पेशावर शहरस्थीत सेनाले चलाएको विद्यालयमा तालिवान बन्दुकधारीले आक्रमण गरी हत्या गरिएका विद्यार्थी तथा शिक्षकहरुको आज अन्तिम संस्कार गरिदैछ । इस्लाम रितीरिवास अनुसार उनीहरुको संस्कार गर्न लागिएको हो । घटना पछि सरकारले तीनदिने शोक घोषणा गरेको छ । प्रधानमन्त्री नवाज सरिफ आफैं घटना स्थल पुगेपछि घटना राष्ट«िय संकटको घडी भएको प्रतिक्रिया दिनु भएको छ् । उहाँले भने–‘यहाँ मेरा सन्तानमाथि आक्रमण भएको छ ।’ विद्यार्थी यस्तो संहार हुनु देशका लागी ठूलो क्षती भएको बताउँनु भयो । हत्या गरिएका अभिभावकहरुले हत्याराहरुलाई अल्लाहले बदला लिएरै छाडने प्रतिक्रिया दिनु भएको छ । घटनाको विश्वभरबाट भत्रसना गरिएको छ । अमेरिका, बेलायत, रुस, ङ्खरान्स, चीन, र जापानले घटनाको निन्दा गर्दै आतातायी हरकत गर्नेलाई कुनै हालतमा छोड्न नहुने प्रतिक्रिया दिएका छन् । यसैबीच अफगानिस्ताानको तालीवानी बिद्रोहीले समेत घटनाको भत्रसना गर्दै घटनालाई गैर इस्लामिक भनी टिप्पणी गरेका छन् । अफगानिस्तानका तालीवान प्रवक्ताले एक बक्तब्य जारी गर्दै शोक सन्तप्त परिवार प्रति समबेदना प्रकट गरेको छ । नेपाल सरकारले ‘मानवता विरोधी’ कार्य भनेर भत्रसना गरेको छ । परराष्ट्र मन्त्रालयबाट जारी विज्ञप्तीमा ‘सबै किसिमका आतंकवादी घटनाको नेपाल भत्रसना गर्दछ ।’ यता तालिवान प्रमुख मोहम्मत खुरसानीले भने विज्ञप्ती जारी गर्दै आक्रमण जायज भएको प्रतिक्रिया दिएका छन् । उनले आङ्खना लडाकुविरुद्ध सेनाले गरेको कारवाहीको बदलामा यो आक्रमण गरेको जनाएका छन् । उनले आक्रमण्ँ गर्न आङ्खना ६ जना आत्मघाती बन्दुकधारी पठाएको समेत जनाएका छन् । तालिवान लडाकुका परिवार र महिलामाथि सरकारले आक्रमण्ँ गरेको प्रतिशोध लिन सैनिक स्कुल छानेका उनको भनाइ छ । ‘हामी उनीहरुले पनि आफन्त गुमाउँदाको दुःख र पीडा महसुस गरेको हेर्न चाहान्छौं’, विज्ञप्तीमा जनाइएको छ । सैनिक परिवारका सदस्यहरु अध्ययन गर्ने उक्त विद्यालयमा तालिवानले एक सय ३२ विद्यार्थी सहित कम्तीमा १ सय ४१ जनाको हत्या गरेका हुन् । मारिनेमा ९ शिक्षक र केही अर्ध सैन्य बलका सदस्य पनि छन् । ७ जना बन्दुकधारी पनि मारिएका छन् । बन्दुकधारीहरुले विभिन्न कक्षा कोठा र परीक्षा हलमा प्रवेश गरी विद्यार्थीहरुमाथि गोली हानेका थिए । कारवाहीमा घाइते भएका कम्तीमा १ सय ४० विद्यार्थी र शिक्षकलाई स्थानिय अस्पतालमा भर्ना गरीएको छ । सेनाले करिब ५ सय विद्यार्थीलाई विद्यालयबाट निकालेर सुरक्षित स्थानमा लगेको छ । यो घटनालाई पाकिस्तानमा अहिलेसम्मकै निकृष्ठ आक्रमणको रुपमा हेरिएको छ । पाकिस्तानी सेनाले पेशावर नजिकको उत्तरी बजिरिस्तानमा तालिवान विरुद्ध बृहद सैन्य कारवाही गरिरहेको छ । उक्त कारवाहीमा ठूलो संख्यामा तालिवान लडाकु मारिएका छन् ।
काठमाडौँ,पुष २ - लगातार रुपमा चार दिन देखि वादल र वर्षाका कारण देशै भरी चिसो बढ्दै गएको छ । आजबाट घाम लागे पनि झनै चिसो बढ्ने मौसम पुर्वअनुमान माहाशाखाले जनाएको छ । घामको कमजोर प्रकाश खुल्ला आकासका कारण उतैे फर्किएर जाने भएकाले सौसममा झनै चिसो हुँदै जाने मौसम विद्हरुले बताएका हुन् । केहि दिन एता बाक्लो हुुस्सुका कारण पृथ्वीमा आएको ताप यतै रहँदा न्युनतम तापक्रम बढेको थियो । मोसम विद्हरुका अनुसार अबको केहि दिन बादलहटेर आकाश खुल्ला हुने भएकाले चिसो झनै थपिदै जाने भएको हो । आज घामा लागे पनि चिसो हुने मौसम विद् शान्ति कँडेलले बताउँनु भएको छ । अन्तराष्ट्रिय मौसम पुर्वाअनुमान महाशाखका अनुसार आज घामको अधिकतम तापक्रम पाँच अल्ट्राभोटेज रहने छ । त्यस्तै भोली र पर्सी पनि पाँच युभि भन्दा बढी नहुने भएको छ । घामको ताप ३ देखि पँच युभि लाई मध्यम, ६ देखि ८ लाई उच्च र ८ देखि १० लाई अति उच्च मानिन्छ । रातीको न्युनतम तापक्रम शुक्रबार सम्म न्युनतम २ डिग्री सेल्सीयस सम्म पुग्ने अनुमा गरिएको छ ।
आज देखी  दैनिक १० घण्टा लोडसेडिङ (कार्यतालिका सहित)
काठमाडौँ,पुष २ - नेपाल विद्युत प्राधिकरणले आजबाट लोड सेडिङको समय २ घण्टा थप गरेकोे छ । अहिले सम्म दैनिक ८ घण्टा मात्रै हुँदै आएको लोडसेडिङ २ घण्टा थपेर १० घण्टामा पु¥याएको छ । प्राधिकरणका भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षत्रीले नदीमा पानीको सतह घट्दै गएकाले र पहिरोका कारण सिन्धुपाल्चोकमा रहेको भोटेकोशी जलविद्युत आयोजनाको टावरमा क्षती पुगेकाले लोडसेडिङ बढेकोे बताउनुभयो । भोटेकोशीको टावरमा क्षती पुग्दा ४५ मेगावाट बिजुली केन्द्रीय प्रसारण ग्रीडमा नजोडिदा लोडसेडिङको अवधि बढाउनु परेको उहाँले बताउनुभयो । हिउँदमा १२ घण्टा भन्दा बढी लोडसेडिङ नबढाउने लक्ष्य भए पनि भोटेकोशी जलविद्युतको टावर बनाउन स्थानीय राजनीतिक दलले अवरोध गरिरहेकाले समस्या हुन सक्ने प्राधिकरणले जनाएको छ । यद्यपी उर्जा मन्त्री राधा ज्ञवालीले भोटेकोशी जल विद्युत आयोजना निर्माण्ँमा अवरोध गर्नेलाई कारबाही गर्ने बताइसक्नु भएको छ ।
रामेछाप,पुस २– एक वृद्द दम्पत्तिले आफ्नो छोराका कारण आफूहरुको ज्यान जान सक्ने भन्दै प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका छन् । रामेछाप जिल्ला नागदह–१ भालुखोपका ७९ वर्षीय खड्गबहादुर राउत र उनकी श्रीमती सन्तमायाले कान्छो छोरा दुर्गाबहादुर विरुद्द मंगलबार जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका हुन् । वृद्द दम्पतीले निमित्त प्रमुख जिल्ला अधिकारी तिलकराम पोखरेलसमक्ष लिखित उजुरी दिएका हुन् । उनीहरुले छोराले दिनहुँ गालीगलौज गर्दै घरका सबै जायजेथा आफ्नो नाममा दिनुपर्ने र नदिए ज्यान मार्ने धम्की दिने गरेको बताए । त्यसकारण आफूहरु प्रशासनको शरण पर्न आएको उनीहरुले उजुरी गरेका हुन् । निमित्त प्रजिअको कार्यकक्षमा वृद्द दम्पतीले छोरा र आफ्नो सम्पत्तीको कारण आफूहरु असुरक्षित हुनुपरेको भन्दै डाँको छाड्दै रोएपछि त्यहाँ उपस्थित सबै जना भाबुक बनेका थिए ।
ON AIR
Hello Kathmandu
UP NEXT
Gorkha Bulletin
British Gurkha Media Network
Gorkha Sanchar Sahakari Sanstha Ltd
Gorkha Television