Get the Flash Player to see this player.
 
Alternative Players:
News
« 1 2 3 4 5 6 7 8 9 ... »
आज देखी  दैनिक १० घण्टा लोडसेडिङ (कार्यतालिका सहित)
काठमाडौँ,पुष २ - नेपाल विद्युत प्राधिकरणले आजबाट लोड सेडिङको समय २ घण्टा थप गरेकोे छ । अहिले सम्म दैनिक ८ घण्टा मात्रै हुँदै आएको लोडसेडिङ २ घण्टा थपेर १० घण्टामा पु¥याएको छ । प्राधिकरणका भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षत्रीले नदीमा पानीको सतह घट्दै गएकाले र पहिरोका कारण सिन्धुपाल्चोकमा रहेको भोटेकोशी जलविद्युत आयोजनाको टावरमा क्षती पुगेकाले लोडसेडिङ बढेकोे बताउनुभयो । भोटेकोशीको टावरमा क्षती पुग्दा ४५ मेगावाट बिजुली केन्द्रीय प्रसारण ग्रीडमा नजोडिदा लोडसेडिङको अवधि बढाउनु परेको उहाँले बताउनुभयो । हिउँदमा १२ घण्टा भन्दा बढी लोडसेडिङ नबढाउने लक्ष्य भए पनि भोटेकोशी जलविद्युतको टावर बनाउन स्थानीय राजनीतिक दलले अवरोध गरिरहेकाले समस्या हुन सक्ने प्राधिकरणले जनाएको छ । यद्यपी उर्जा मन्त्री राधा ज्ञवालीले भोटेकोशी जल विद्युत आयोजना निर्माण्ँमा अवरोध गर्नेलाई कारबाही गर्ने बताइसक्नु भएको छ ।
रामेछाप,पुस २– एक वृद्द दम्पत्तिले आफ्नो छोराका कारण आफूहरुको ज्यान जान सक्ने भन्दै प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका छन् । रामेछाप जिल्ला नागदह–१ भालुखोपका ७९ वर्षीय खड्गबहादुर राउत र उनकी श्रीमती सन्तमायाले कान्छो छोरा दुर्गाबहादुर विरुद्द मंगलबार जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका हुन् । वृद्द दम्पतीले निमित्त प्रमुख जिल्ला अधिकारी तिलकराम पोखरेलसमक्ष लिखित उजुरी दिएका हुन् । उनीहरुले छोराले दिनहुँ गालीगलौज गर्दै घरका सबै जायजेथा आफ्नो नाममा दिनुपर्ने र नदिए ज्यान मार्ने धम्की दिने गरेको बताए । त्यसकारण आफूहरु प्रशासनको शरण पर्न आएको उनीहरुले उजुरी गरेका हुन् । निमित्त प्रजिअको कार्यकक्षमा वृद्द दम्पतीले छोरा र आफ्नो सम्पत्तीको कारण आफूहरु असुरक्षित हुनुपरेको भन्दै डाँको छाड्दै रोएपछि त्यहाँ उपस्थित सबै जना भाबुक बनेका थिए ।
काठमाडौं,पुस १-महानगरीय ट्राफिक प्रहरीले सार्वजनिक यातायातका सवारी साधनहरुमा आरक्षित सिट कार्यान्वयनको अनुगमन र चेकजाच अभियानलाई तिव्र पारेको छ । सार्वजनिक यातयातमा महिला तथा अशक्तहरुका लागी आरक्षित सिट राख्नु पर्ने व्यावस्था सवारी तथा यातयात व्यावस्था ऐन २०४९ मा रहेको छ । ऐन अनुसार ठूलो सवारी साधन भए शुरुका ६ वटा सिट, मझौला गाडी भए शुरुका ४ वटा र माइक्रो वसहरुमा ३ वटा सिटहरु महिला तथा अशक्तहरुलाइ भनी छुट्टाइ आरक्षणको व्यवस्था गर्नुपर्ने छ । विभिन्न अधिकारवादी संस्थाहरु र महिला तथा अशक्तहरुले पनि सार्वजनिक यातयातका साधनहरुमा कानूनले तोके बमोजिमका सिटहरु आरक्षित गरी कार्यान्वयन गर्नु पर्ने आवाजहरु उठ्न थालेपछि ट्राफिक प्रहरीले अभियान चलाएको हो । सार्वजनिक यातयातको साधनहरुमा ढोकाको सामुन्ने सवैले देख्न सक्ने स्थानमा महिला तथा अशक्तहरुको आरक्षित सिट भनी सिट नं सहित लेखेको हुनुपर्दछ । अनुगमनको क्रममा त्यस्ता् लेखेको कुनै पनि वसमा नपाइएको जनाइएको छ । आरक्षित सिट कार्यान्वयन अनुगमनका क्रममा आज ५ सय ६८ वटा सवारी साधनहरु कार्वाहीको दायरामा आएका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
काठमाडौं,पुस १- व्यवस्थापिका संसद अन्तर्गतको सुशासन तथा अनुगमन समितिले सडक सुशासन तथा सुरक्षा र विद्यमान ऐनको प्रभावकारी कार्यान्वयन, पुनरावलोकन तथा आवश्यक परिमार्जन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । दुर्घटनाका घटना बढ्दै जान थालेपछि समितिले आजको बैठकमा सडक सुशासनमा देखिएका समस्या तथा सडक यातायातलाई व्यवस्थित बनाउन सरकारले गरेका पहल सम्बन्धमा उपप्रधान तथा गृह मन्त्री बामदेव गौतम, भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधि, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल लगायतसग जानकारी लिएको हो । छलफल पछि समितिको बैठकले सडक सुशासन र अनुगमनमा केन्द्रदेखि स्थानीयतह सम्म उपलब्ध श्रोत साधनको सहि परिचालन र अनुगमनको प्रबन्ध मिलाउन पनि निर्देशन दिएको छ । गृहमन्त्री गौतमले दुर्घटना कम गर्नका लागि सम्बन्धित दोषीलाई कडा कारबाही गर्नुको साथै जरिवानाको रकम बढाउनुपर्ने बताउनुभयो । गृहमन्त्री गौतमले विद्यमान नियम कानुनलाई कडाई गर्नुपर्ने बताइरहदा भौतिक योजना तथा यातायात मन्त्री विमलेन्द्र निधिले भने चालकका कारण दुर्घटना हुने गरेकाले मुख्य दोषी चालक नै रहेको दाबी गर्नुयभो । बैठकमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले श्रोत साधनको कमि र कामका लागि आवश्यक आर्कषण नभएकाले उपलब्धी मूलक काम गर्न कठिनाई भएको बताउनुभएको थियो । बैठकमा सभासदले यातायात क्षेत्रमा लगाइएको सिण्डिकेट प्रणाली, सडकको स्तरउन्नती हुन नसक्नु लगायत दुर्घटनाका कारण भएकाले त्यसतर्फ गम्भीर बन्न सरकारको ध्यानाकषर््ाण गराएका थिए । आजको बैठकमा यातायात व्यवस्था विभागका निमित्त महानिर्देशक बसन्त अधिकारी र नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष दिनेश भण्डारीलाई पनि बोलाइएको थियो ।
विद्यालयमा तालिबानको आक्रमण, ८० विद्यार्थीसहित १३० को मृत्यु
एजेन्सी,पुष १-पाकिस्तानको पेशावर सहरस्थित एक सैनिक विद्यालयमा तालिबान बन्दुकधारीले आक्रमण गर्दा ८० विद्यार्थीसहित कम्तीमा एक सय तीस जनाको मृत्यु भएको छ । मारिनेमा अधिकाँश बालबालीका , शिक्षक र अर्ध सैन्य बलका सदस्य रहेका छन् । १५ सय विद्यार्थी अध्यनरत सो विद्यालयमा बन्दुकाधारीहरु प्रबेश गरि अन्धाधुन्द गोली चलाएको अन्तराष्ट्रिय सञ्चार माध्यमह्ररुले जनाएका छन.् । कारबाहीमा घाइते भएका कम्तीमा ४० विद्यार्थी र शिक्षकलाई अस्पताल लगिएको जनाइएको छ । घाईते मध्ये कयौको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । सेनाले करिब ५ सय विद्यार्थीलाई विद्यालयबाट निकालेको र अझै धेरै विद्यार्थीहरु तालीवानको कब्जामा रहेको बताइएको छ । सैन्य पोशाक लगाएका ५ जना बन्दुकधारी विद्यालयमा प्रवेश गरि अन्धाधुन्द गोदी प्रहार गरेको समाचारमा जनाइएको छ । तालिबानका प्रवक्ताले आफ्ना लडाकूविरुद्ध सेनाले गरेको कारबाहीको बदलामा यो आक्रमण गरेको जनाएका छन् । पाकिस्तानी सेनाले पेशावर नजिकको उत्तरी बजिरिस्तानमा तालिबानविरुद्ध बृहत सैन्य कारबाही गरिरहेको छ । उक्त कारबाहीमा ठूलो संख्यामा तालिबानलडाकू मारिएका छन् । यसैविच पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले घटनाको कडा शब्दमा निन्दा गर्नुभएको छ । उहाले बालबालीकालाई निसाना बनाएर तालीवानले राष्ट्रिय क्षती पुर्याएको बताउनुभएको छ । तालीवान बिरुद्धको कारवाहिमा आफुले प्रत्यक्ष निगरानि राख्ने बताउनुभएको छ । यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत पेशावर घटनालाई आतङककारी विरुदको कारवाहिमा एक हुन जरुरी रहेको बताउनुभएको छ । पेशावर घटनालाई लिएर अन्तराष्ट्रिय समुदायले तालीवानको भत्सर्ना गरेका छन् । यसैवीच पाकिस्तानको पेशावरमा भएको आतंकाकारी आक्रमणको नेपालले भत्सर्ना गरेकोछ । परराष्ट मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी ठूलो संख्यामा मानवीय क्षेति हुने गरी विद्यालयमा भएको सो घटनाले नेपाललाई स्तब्ध बनाएको र सो घटना अमानवीय, आतंकारी भएको बताएको छ । नेपालले घटनमा परि कब्जामा रहेकाहरुको तत्काल सकुशल रिहाई तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
ON AIR
UP NEXT
British Gurkha Media Network
Gorkha Sanchar Sahakari Sanstha Ltd
Gorkha Television