Get the Flash Player to see this player.
 
Alternative Players:
News
« ... 2 3 4 5 6 7 8 9 10 11 12 ... »
काठमाडौं, मंसिर २९ - इंग्लीस क्लव म्यानचेष्टर युनाइटेडका पूर्व खेलाडीसमेत रहनु भएका २९ वर्षका रोनाल्डो वर्षका उत्कृष्ट खेलाडीले पाउने बालोन डी ओरको अन्तीम ३ मा छानिनु भएकाृ थियो । ‘मेरा इंग्ल्याण्डका पुराना समर्थकका लागि मलाई चयन गरेकोमा धन्यवाद बिबिसीलाई’ उहाँले अवार्ड हात पारेपछि भन्नु भएको छ । म्यानचेष्टर युनाइटेडबाट स्पेनिस क्लव रियल म्याड्रिड जानु भएका उहााले रियलका लागि २ सय ६७ खेलमा २ सय ८१ गोल गर्नु भएको छ । सन् २००२ मा ब्राजिलको रोनाल्डोपछि बिबिसी ओभरसिज स्पोर्टस पर्सनालिटी अवार्ड जित्ने क्रिस्टीयानो रोनाल्डो पहिलो फुटबलर हुनुहुन्छ् । सन् २०१३ मा जर्मनीका फर्मुला वान ड्राइभर सेबेस्टीयन भेट्टेले, २०१२ मा जमैकाका धावक उसेन बोल्टले तथा सन् २०११ मा सबिर्याका टेनिस स्टार नोभाक जोकोभिचले यो अवार्ड जित्नु भएको थियो ।
काठमाडौं, मंसिर २९ -केहि दिन देखि आएको मौसमी परिवतर्नका कारण उपत्यका लगायत मुलुकको विभिन्न स्थानमा भएको भारी वर्षा ताथ उच्च हिमाली भेगमा पेरको हिमपातले चिसो बढाए संगै मुलुकभरको जनजिवन कष्टकर बनेको छ । केहि दिन देखि निरन्तर चिसो बढे पछि जनजिवन कष्टकर बनेको हो । उपत्यका लगायत मध्य पहाडि भेगमा आज पनि वर्ष हुने छ भने उच्च हिमाली भेगमा हिमपात जारी रहने जलवायु तथा मौसम पुर्वअनुमान माहासाखाले जनाएको छ । त्यसैगरी तराईमा वर्ष संगै आएको सित लहर पनि केहि दिन सम्म जारी रहने भएको छ । मध्य तथा पुर्वि नेपालमा आज दिउँसो घाम संगै हल्का वर्ष तथा राति केहि घन्टा पानि पर्ने माहासाखाले जनाइएको छ । भोली पनि उपत्यका लगातका स्थानहरुमा आकास बादलले ढाक्ने र मेघगर्जन सहितको वर्षा हुने अनुमान रहेको छ । उत्तरबाट आएको पश्चिमी वायुमा दक्षिण तर्फबाट राजस्थानमा बनेको निम्न चापिए क्षेत्रले तानेको अरब सागरको ओसिलो हावा मिसीए पछि नेपालको मौसममा प्रतिकुल प्रभाब परेको हो
बेलायती सेनाको उच्च पदमा लेफ्टीनेन्ट कोर्सबिनै पुगे नेपाली
फडिन्द्र भट्टराई मङ्सिर २८, लण्डन-पहिलो पल्ट एक जना नेपाली लेफ्टीनेन्ट कोर्सबिनै बेलायती सेनाको उच्च पदमा पुगेका छन्। नेपालको गुल्मी घर भएका यमबहादुर राना बेलायती सेनाको उच्च पद लेफ्टीनेन्ट कर्णेलमा पुगेका हुन्। प्रकृयागत पदोन्नति मार्फत बेलायति सेनाको उच्च पदस्थ अधिकृत लेफ्टिनेन्ट कर्णेलमा बढुवा भएका हुन्। ब्रिटिश आर्मीको बढुवा समितिले यही साता उनलाई पदोन्नति गर्ने निर्णय गरेको हो। हालसम्म यो पदमा अरु दुई जना नेपाली पुगी सकेको भए पनि सेकेन्ड लेफ्टिनेन्टको कोर्स बिनै यो पदमा पुग्ने उनी पहिलो नेपाली हुन्। बेलायती सेनाको ब्रिगेड अफ गोर्खाजको मुख्यालयमा काम गरीरहेका रानाको मातहतमा अब एउटा छुट्टै बटालियन रहने छ। सेनाको सिपाहीबाट ब्रिटिश आर्मीको यो तहसम्म पुगेर उनले बेलायती गोर्खालीमाझ इतिहास रचेका छन्। प्रतिस्पर्धामा थुप्रै गोराहरुलाई पछाडि पार्दै उच्च पदस्थ बनेका रानाले कठोर परिश्रम र दृढता नै सफलताको कारक बताएका छन्। गुल्मीको लिम्घाबाटै प्राथमिक शिक्षा लिएका रानाको बुवा र हजुरबुवा पनि लाहुरे पृष्ठभूमिमै थिए। चिकित्सक बन्ने सोचले काठमान्डौंको महाराजगंजमा मेडिकल कलेज पढ्दा पढ्दै परिवारको दवाबमा उनी बेलायती सेनामा भर्ती भएका थिए। रानाले सेवा अवधिमै बेलायतको बोर्न माउथ युनिभर्सिटीबाट बिएससी अनर्स र मास्टर्स गरेका थिए। उनको यो अध्ययनको निरन्तरताले पनि यहाँसम्म पुग्न मद्दत गरेको उनको बुझाई छ। बेलायती सेनामा कार्यरत गोर्खाली सैनिकहरुलाई पक्षपातपूर्ण व्यवहार हुने आरोपका बीच रानाको उच्च तहमा भएको पदोन्नतिले सेवामा रहेका भावी पुस्तालाई समेत सम्भावनाको ढोका खोलीदिएको छ। सन् १८१४को नेपाल(अंग्रेज युद्दमा नेपाललाई कब्जा गर्न नसकेपछि बहादुर गोर्खाली सैन्यलाई आफ्नो टुकडीमा भर्ती गर्ने अंग्रेजको नीतिअनुरुप सुरु भएको गोर्खा भर्तीले दुई शताब्दी पूरा गरीसकेको छ। पूर्वी नेपालका राई लिम्बु तथा मध्य पश्चिमका गुरुङ मगरहरुको बाहुल्यता रहेको बेलायतको गोर्खा ब्रिगेडमा भर्ती हुने आकर्षण भने नेपाली समुदायमा अझै छ। गोर्खालीहरुको बेलायती सेनामा भर्ती सुरु भएको दुई सय वर्षको ईतिहास बन्दै गर्दा बेलायतले भने नेपालबाट सेनामा नयाँ भर्ना लिने संख्यामा उल्लेख्य कटौती गर्दै आईरहेको छ। हाल बेलायती सेनामा झन्डै चार हजार गोर्खाली सैनिकहरु कार्यरत छन्। सेनाबाट अवकास प्राप्त हजारौँ गोर्खाली परिवारहरु बेलायतमा बसोबास गर्दै आएका छन्।
काठमाडौं, मंसिर २८ -पश्चिमी वायुका प्रभावका कारण उपत्यका लगायत देशै भरिको मौसयमा परिवर्तण आई चिसो बढ्नका साथै विभिन्न स्थानमा वर्षा भएको छ । अरब सागर पाकीस्थानबाट जम्मु कस्मीर हुँदै नेपालको पश्चिमी भेगबाट प्रबेश गरेको वायुका कारण बढेको चिसोले जनजिवन प्रभावित बनेका छन् । आज पनि मुलुकका मध्य र पश्चिमी क्षेत्रमा वर्षा हुनुका साथै उच्च हिमाली भेगमा भारी हिमपात हुन सक्ने मौसम विद राजाराम ढकालले जानकारी दिनु भएको छ । उहाका अनुसार आज दिनै भरि हल्का वर्ष हुने र भोलीबाट आकास खुल्ला हुने छ भने मंगलबार पनि हल्का वर्षा हुने सम्भावना रहेको छ । मौसम विदका अनुसार सोमबारबाट भने झनै चिसो बढ्ने भएको छ । यसै विच पानीसँगै हिउँ पर्न थालेपछि मुस्ताङको जनजीवन कष्टकर बन्दै गएको छ । त्यहाँका सर्वसाधारण बाहिर निस्कन सकिरहेका छैनन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेर, घमी, सुर्खाङ र चराङ क्षेत्रमा बढी हिउँ परेको छ । हिउँ परेपछि तल्लो क्षेत्रका किसानहरु भने खुसी भएका छन् । समयमै परेको हिउँले माटो मलिलो बनाउने भन्दै तल्लो भेगका किसान भने खुसी भएका हुन् । उपल्लो भेगका अधिकांश सर्वसाधारण कात्तिक दोस्रो साता नै चिसो र हिउँ छल्न वेशी झरिसकेका छ
काठमाडौं, मंसिर २८ - नेकपा एमालले पोलिटव्युरो गठनल प्रकृयालाई आज निरन्तरता दिने भएको छ । एमालेले स्थायी कमिटीमा सहमति हुन ढिलाई भए पछि आज त्यसलाई निरन्तररता दिन लागिएको एमाले नेता भिम रावलले जानकारी दिनुभयो । आज पोलिटब्युरो सदस्यका लागि उम्मेदवारी दर्ता गर्न लागिएको छ । अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच सहमति हुन नसकेपछि गठन प्रकृयामा ढिलाई भएको हो । सहमतिका लागि भन्दै आन्तरिक छलफल गरेर अधिकतम सहमति गर्ने नभए गठनलाई नरोक्ने पार्टी अध्यक्ष ओलीको अडान छ । सकेसम्म सहमतिको प्रयास नभए अहिले केहि समयमा निर्वाचन प्रकृया सुरु गर्ने तयारी भइरहेको नेता रावलले बताउनुभयो ।
ON AIR
Cival Bank Ecomission
UP NEXT
Gorkha Bulletin
British Gurkha Media Network
Gorkha Sanchar Sahakari Sanstha Ltd
Gorkha Television