Get the Flash Player to see this player.
 
Alternative Players:
News
« ... 3 4 5 6 7 8 9 10 11 12 13 ... »
मंसिर २८,रामेछाप- रामेछापको दोरम्बामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । करेन्ट लागेर दोरम्बा ५ का २५ वर्षकी चन्डीका तामाङ, ६५ वर्षका इन्द्रबहादुर थापा मगर र दोरम्बा ७ का ६० वर्षका अम्बरबहादुर थापा मगरको मृत्यु भएको हो । करेन्ट लागेका एक जनाको घटनास्थलमै र दुई जनाको उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको स्थानीयबासीले बताएका छन् । रामेछापमा वितरण गरिएको ११ हजार भोल्टेज भएको विद्युतीय तार आज बिहान ४ बजे दोरम्बाको मानेमा चुँडिएर गाउँमा वितरण गरेको लाइनमा छोएको छ । गाउँमा वितरण गरिएको लाइनमा ११ हजार भोल्टेट प्रवाह हुन थालेपछि घरघरमा रहेको विद्युतीय उपकरण जल्न थालेका थिए । घरमा विद्युतीय उपकरणमा आगो लाग्न थालेपछि घरको मेन स्वीच अफ गर्ने क्रममा तीन जनाको मृत्यु भएको हो । दोरम्बामा प्रायः सबै घरमा रहेका विद्युतीय सामान जलेका छन् । विद्युत लाइन कसरी चुँडियो भन्नेबारे खुलेको छैन् ।
२० बुँदे घोषणापत्र सहित मानवअधिकार राष्ट्रिय  महाभेला सम्पन्न
काठमाडौं, मंसिर २७ – सबै नागरिकका हक अधिकार सुनिश्चित हुने गरि तोकिएकै समयमा संविधान बनाइनुपर्ने लगायतका विषय समेटी २० बुँदे घोषणापत्र जारी गर्दै मानवअधिकार राष्ट«िय महाभेला सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग र एक हजारभन्दा बढी अधिकारवादी संस्थाहरुको आयोजनामा भएको मानवअधिकार राष्ट्रिय महाभेलाले राज्यका साधनश्रोेत र नीति निर्माण प्रक्रियामा आदिवासी जनजाति, मधेसी, अल्पसंख्यक, दलित, मुस्लिम र सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित हुने गरि संघीयताको स्वरुप निर्धारण गर्न सुझाव दिएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमको उपस्थितिमा शनिबार काठमाडौंमा सार्वजनिक गरिएको घोषणापत्रमा तत्काल पीडितमैत्री सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोग गठन गरी पीडितलाई न्याय र पीडकलाई कारवाही गर्न, जेष्ठ नागरिकको सामाजिक सुरक्षाको सुनिश्चित गर्न तथा जातीय छुवाछुत अन्त्य गर्ने संवैधानिक व्यवस्थाको प्रभावकारी रुपमा कार्यान्वयन गर्न माग गरिएको छ । घोषणापत्रमा गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न, राज्यका हरेक तहमा महिलाको समानुपातिक प्रतिनिधित्वको सुनिश्चित गर्न, महिलामाथि हुने सबै प्रकारका भेदभाव र हिंसा अन्त्य गर्ने संवैधानिक व्यवस्था गर्न पनि माग गरिएको छ । अधिकारकर्मीहरुले घोषणापत्र उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमलाई बुझाएका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री गौतमले मुलुकमा मानवअधिकारको अवस्था सन्तोषजनक नरहेको स्विकारेका छन् । उनले कानूनहरु सबै मानवअधिकारमैत्री भए पनि कार्यान्वयनमा रहेको कमजोरीका कारण मानवअधिकार उल्लंघनका घटना नरोकिएको बताएका छन् । कार्यक्रम राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले आयोगले गरेका सिफारिसको कार्यान्वयनमा इमान्दार हुन सरकारसँग आग्रह गरेकी छन् । उनले पीडितलाई क्षतिपूति दिनुमात्र राज्यको दायित्व नभएको भन्दै मानवअधिकार उल्लंघनका सबै घटनाका दोषीलाई कारवाहीको कठघरामा उभ्याउन राज्यले आनाकानी गर्न नहुने बताएकी छन् । दिगो शान्ति र समृद्धिका लागि मानवअधिकारमैत्री संविधान, बालअधिकार संरक्षणमा सामूहिक अभियान भन्ने नाराका साथ मानवअधिकार महाभेला मंसिर २३ गते सुरु भएको थियो ।
काठमाडौं, मंसिर २७ – पछिल्लो समयमा प्राकृतिक विपद भन्दा बढी सडक दुर्घटनाबाट धेरै मानवीय क्षती भएको तथ्याँक सार्वजानीक भएको छ । सडक दुर्घटना र प्राकृतिक विपद् कुनले पछिल्लो समय बढी मानवीय र आर्थिक नोक्सानी गरेको होला भन्नेबारेमा अध्ययन हुन बाँकी भएपनि नेपााल जनस्वास्थ्य सङ्घको रजत वर्षका अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रममा पछिल्ला वर्षमा प्राकृतिक विपद्बाट भन्दा सडक दुर्घटनाबाट बढी जनधनको क्षति भइरहेको जानकारी गराईएको हो । विश्वस्वास्थ्य सङ्गठनका अनुसार मृत्युका कारणमध्ये सडक दुर्घटना आठौँ नम्बरमा उक्लिएको छ । पहिलो नम्बरमा हृदयाघात रहेको छ । सरकारको प्राकृतिक विपद् जोखिम व्यवस्थापनको काम प्राथमिकतामा पर्दा सडक दुर्घटना न्यूनीकरण अभियान ओझेलमा परेको विज्ञहरूले बताएका छन् । गृहमन्त्रालयका अनुसार पछिल्लो तीन वर्षमा प्राकृतिक विपद्बाट दुई अर्ब ८५ करोड ८० लाख रुपैँया र सडक दुर्घटनाबाट चार अर्ब १५ करोड २८ लाख रुपैँया बराबरको क्षति भएको अनुमान गरेकोछ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा खेम कार्कीले भन्नुभयो, “प्रति १० हजार जनसङ्ख्यामा १६ जना सडक दुर्घटनाका कारण मृत्युको मुखमा पर्न थालेका छन् ।” उनका अनुसार प्रति १० हजारमा कतिजना प्राकृतिक विपद्मा परी मृत्यु हुन्छन् भन्नेबारेमा अध्ययन नै भएको छैन । महानगरीय ट्राफिक कार्यालयले बर्सेनि सडक दुर्घटनाबाट एक हजार ८०० जना मानिसको मृत्यु हुने गरेको जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र पोखरेलले कार्यक्रममा तीन वर्षमा सडक दुर्घटनादर घटिरहेको छ तर मानवीय तथा भौतिक क्षति भने वृद्धि भइरहेको छ । गत वर्ष साना र ठूला गरी आठ हजार ४०६ वटा सडक दुर्घटना भएको जानकारी दिएका छन् । सदस्य सचिव डा कार्कीले सडक दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षतिभन्दा घाइतेको उपचार र पुनःस्थापनामा खर्च बढी हुने गरेको बताए । घरमा एकजना बिरामी हुँदा सिङ्गो परिवार नै बिरामी पर्ने हुँदा दुर्घटनाका बिरामी (ट्रमा)लाई छिटो उपचारको व्यवस्था गरिनुपर्ने उनले सुझाव दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको पछिल्लो स्वास्थ्य नीतिमा एक घन्टाका बीचमा ट्रमा उपचार केन्द्र बनाउने भनिएको छ । प्रहरी निरीक्षक पोखरेलले चालकको लापर्बाही, मादक पदार्थ सेवन र यात्रुको हेलचेक्र्याईं जस्ता कारण सडक दुर्घटना हुने गरेको जानकारी दिए । कार्यक्रममा सङ्घका अध्यक्ष भोगेन्द्रराज डोटेलले सडक दुर्घटनाले जनस्वास्थ्यमा गम्भीर असर परिरहेकाले यसको न्यूनीकरणका लागि समन्वयात्मक काम हुनुपर्ने बताएका छन् ।
काठमाडौं, मंसिर २७ – काठमाडौंको गौशाला स्थित गुरुकुल नेशनल उमाविको सम्बन्धन खारेजीको प्रकृया शुरभएको छ । भर्ना भएका विद्यार्थीलाई अलपत्र पार्दै एकाएक पढाइ वन्द गरेको उक्त उमाविको सम्बन्धन खारेजीको प्रकृया अगाडी बढाईएको बताइएको छ । उच्चमाध्यमिक शिक्षा परिषद्को अनुगमन समितिले सदस्य प्रा चिरञ्जीवी शर्माको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरी सो विद्यालयको सम्वनधन खारेजी र अन्य कार्बाहीका लागि सुझावसहितको प्रतिवेदन तयार गर्न लगाएको छ । समितिका सदस्य सचिव डम्बरकुमार बतासका अनुसार सञ्चालकहरूको आपसी विवादका कारण विद्यालय वनद भएकाले समस्या उत्पन्न भएको हो । उमाविले करिब ३०० विधार्थीबाट भर्ना र मासिक शुल्क वापत रकम समेत असुल गरेको छ । उनले पीडित विद्यार्थीलाई अन्यत्र स्थानान्तरण गरिने, विद्यालयको सम्वन्धन खारेजीको प्रक्रिया थालिने र रकम ठगीका सम्वनधमा कानुनी कार्बाही गर्न नेपाल प्रहरीलाई लेखी पठाइने जानकारी दिएका छन् ।
काठमाडौं, मंसिर २७ – नेपालका ज्येष्ठ संस्कृतिविद सत्यमोहन जोशीको स्वास्थ्य अवस्था बुझ्न आज उपप्रधानमन्त्री एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंह बल्खुस्थित बयोधा अस्पताल पुगेका छन् । केहीदिन देखी निमोनियाको आशंकामा बयोधामा भर्ना हुनुभएक
ON AIR
Hello Kathmandu
UP NEXT
Gorkha Bulletin
British Gurkha Media Network
Gorkha Sanchar Sahakari Sanstha Ltd
Gorkha Television