Get the Flash Player to see this player.
 
Alternative Players:
News
« ... 4 5 6 7 8 9 10 11 12 13 14 ... »
काठमाडौं, मंसिर २७ – त्रियासिऔँ वाग्मती सफाइ अभियानअन्तर्गत शनिबार विष्णुमती र वाग्मती दोभान नजिकै कुसिङ्गल क्षेत्रमा सरसफाइ गरिएको छ । सो सरसफाइमा नेपाली सेना, नेपाल प्रहरी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, कलाकार, नागरिक समाजसहित करिब दुई हजार ५०० सर्वसाधारणको सहभागिता थियो । सो अवसरमा सहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीले सबै मिलेर गरेको खण्डमा वाग्मतीलाई पूर्ण रुपमा सफा गर्न सकिन्छ भन्ने अनुभव अहिलेसम्म गरिएको सफाइ अभियानले देखाएको बताएका छन् । गायत्री परिवार नेपालका प्रतिनिधि राजु अधिकारकारीले अभियान सञ्चालन भएपछि आजभोलि वाग्मती किनारमा फोहोर फाल्ने काम ९० प्रतिशत कम भएको जिकिर गरेका छन् । त्यसैगरी उनन्तीसहप्ते विष्णुमती सरसफाइअन्तर्गत शनिबारनै बालाजु पुलदेखि नयाँ बसपार्कसम्म सफाइ गरिएको छ । सरसफाइमा बालाजु संरक्षण समिति तथा जागृति युवा क्लबलगायत सङ्घसंस्था र विभिन्न क्याम्पस तथा विद्यालयका विद्यार्थी सहभागी भएका थिए ।
काठमाडौं, मंसिर २७ – राज्यपुनःसंरचना गर्दा किरात प्रदेश बनाउनुपर्ने भन्दै किरात फोर्स गठन गरिएको छ । एमाओवादी पोलिटव्युरो सदस्य सुरेशकुमार राईको संयोजकत्वमा शनिबार किरात फोर्स घोषणा गरिएको हो । कोटेश्वरस्थित किरात राई यायोक्खाको सुम्निमा हलमा एमाओवादी नेता गोपाल किरातीले किरात फोर्स घोषणा गरे । ‘पछिल्लो राजनीतिक गतिविधि हेर्दा सामान्य ढंगको आन्दोलनले किरात राज्य प्राप्त नहुने देखियो,’ उनले भने, ‘अघिल्लो संविधानसभाका बेला पनि आन्दोलन गरिएको थियो तर यसपटक पहिलेको भन्दा कडा तरिकाले जानुपर्ने भएकाले किरात फोर्स गठन गरिएको हो ।’ राईको संयोजकत्वमा २ सय ५१ सदस्यीय केन्द्रस्तरको किरात फोर्स गठन गरिएको छ । फोर्समा रहनेहरुको नामसमेत घोषणा गरिएको थियो भने उनीहरुलाई केही बेर परेड पनि खेलाइएको थियो । किरात प्रदेश प्राप्तिको अन्तिम लक्ष्य राखेर फोर्स गठन गरिएको नेता किरातीले बताए । ‘किरात राज्य प्राप्त नभएसम्म किरात फोर्स रहिरहन्छ,’ किरातीले भने, ‘यसको मतलव हामी कुनै हिंसात्मक दिशातर्फ जान लागेका हैनौ । किरात राज्य प्राप्तिको संघर्षमा प्रतिरक्षा गर्नका लागि मात्र फोर्स गठन गरेका हौ ।’ किरात फोर्सका संयोजक राईले आगामी माघ ८ गतेभित्रमा पहिचानसहितको किरात प्रदेश स्थापना नभए कठोर संघर्ष सुरु गरिने बताए । ‘आगामी माघ ८ गते पहिचानसहितको संघीय संविधान जारी होस् भन्ने हाम्रो अनुरोध रहन्छ,’ उनले भने, ‘तर, त्यस अवधिमा संघीयतासहितको संविधान जारी भएन भने हामी कठोर आन्दोलन अघि सार्छौ ।’ राज्यले पहिचान पक्षधरहरुलाई जबरजस्ती दबाउन खोजे आफूहरु जस्तो सुकै संघर्ष गर्न पनि तयार रहेको उनको भनाइ छ । ‘राज्य पक्षले कस्तो व्यवहार गर्छ हामी कठोर हुने र नहुने त्यसैमा भर पर्छ,’ उनले भने । उनका अनुसार देशभरि ३० हजार किरात फोर्स बनाइनेछ । किरात राज्य प्राप्तिको आन्दोलन अघि बढाउन १० करोड रुपैयाँ आर्थिक संकलन गरिनेछ । किरात फोर्स खास गरी खोटाङ, भोजपुर, उदयपुर, संखुवासभा, ओखलढुंगा र सोलुखुम्बुमा विस्तार गरिनेछ । नेता राईका अनुसार किरात राज्यप्रति सहमत हुने गैरकिरातीहरु पनि फोर्समा बस्नेछन् । तर, किरात भूमि बाहिर भने किरातीहरुलाई मात्र फोर्समा राखिनेछ । यसअघि नै एमाओवादी नेता गोपाल किरातीको संयोजकत्वमा किरात राज्य संघर्ष समिति र अशोक राईको संयोजकत्वमा किरात राज्य निर्माण वार्ता समिति घोषणा गरिसकिएको छ । संघर्ष समितिका संयोजक किरातीले पहिचानसहितको राज्य प्राप्त नभए सडकबाटै किरात राज्य घोषणा गरिने बताए ।
काठमाडौं, मंसिर २७- राजधानी लगायत देशभरी चिसो बढ्दै गएको छ, तराईका कतिपय जिल्लाहरुमा सितलहरसमेत देखिएको छ । राजधानीमा आज आज विहान यसवर्षकै सबैभन्दा कम तापक्रम ५ डिग्री सेलिसेस देखिएको छ । आज हुस्सुका कारण राम्रोसंग घाम समते लागेको छैन । जलतथा मौसम विज्ञान विभागका अनुसार केही उच्च पहाडी भागमा हिमपात पनि भएको छ । तराईका केही जिल्लामा ४ डिग्रीभन्दा तल तापमक्रम पुगेको मौसम विभागले बताएको छ । मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठका अनुसार अब पानी पर्ने सम्भावना रहेकाले जाडो अझै बढ्ने छ । वायुको प्रभाव र अरेबियन समुद्रमा आएको मौसम प्रणालीका कारण दुई दिन देशभर पानी पर्ने सम्भावना रहका छ । तराईका जिल्लाहरुमा शतल लहर देखिएको छ । तराईका सिराहा, सप्तरी, बारालगायत स्थानमा जनजीवन प्रभावित भएको छ ।
काठमाडौं, मंसिर २७- भारतीय चचिर्त हास्य कलाकार कपिल शर्माको उपस्थितिमा आज काठमाडौको दशरथ रंगशालामा हुने भनिएको ”पर्पल फेस्ट” कार्यक्रम स्थगित भएको छ । सुरक्षाको कारण देखाउदै काठमाडौं जिल्ला प्रशासन कार्यालयले कार्यक्रम स्थगित गर्न निर्देशन दिएकोले आज हुने भनिएको कार्यक्रम स्थगित गरेको एनसेलले जनाएको छ । पर्पलफेष्ट कार्यक्रममा भारतका चर्चित कमेडियन कपिल शर्मासहितको हास्य समूह, भारतीय गायक सोनु निगम, नेपाली कलाकारहरु सुगम पोखरेल, जितु नेपाल, विल्सनविक्रम राईलगायतले प्रस्तुति दिने कार्यक्रम थियो । एनसेलले कार्यक्रमका लागि १३ हजार भन्दा बढीं टिकट बिक्रि गरिसकेको थियो । एनसेलको डाटा लिएर कार्यक्रमको पास लिएकाहरुलाई आजबाट तीन दिनभित्र आफ्नो पैसा फिर्ता लिन एनसेलले जानकारी गराएको छ ।
काठमाडौं, मंसिर २७ संविधानका विवादित विषयमा सहमति जुटाउन लामो समयदेखि वार्ता र संवादमा रहेका प्रमुख दलहरूले आज विवाद समाधानका लागि उच्चस्तरीय कार्यदल गठन गर्ने जनाएका छन् । प्रमुख तीन दल र मधेशी मोर्चावीच हिजो साँझ बालुवाटारमा भएको बैठकमा संविधान लेखनका समग्र विवादित विषयमा टुङ्गो लगाउन कार्यदल गठन गर्ने सहमति गरेका थिए । तीन दल र मधेशी मोर्चाले आज थप र वृहत छलफल गरी कार्यदल गठन गर्ने सहमति भएको नेताहरुले बताएका छन् । दलहरुवीच संघीयता, शासकीय स्वरुप र निर्वाचन प्रणालीका विषयमा गम्भीर मतभेद रहदै आएको छ ।
ON AIR
Cival Bank Ecomission
UP NEXT
Gorkha Bulletin
British Gurkha Media Network
Gorkha Sanchar Sahakari Sanstha Ltd
Gorkha Television