आयुर्वेदको विकासमा लाग्न राष्ट्रपतिको आग्रह
काठमाडौ कार्तिक १५ । राष्ट्रपति डा। रामवरण यादवले नेपालको प्राचीन चिकित्सा पद्धतिका रुपमा रहँदै आएको आयुर्वेद चिकित्सा प्रणालीको आधुनिक विकासका लागि आफूले सघाउने आश्वासन दिनुभएको छ ।
नेपाल आयुर्वेदीय संस्थाका तर्फबाट आज राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका आयुर्वेद चिकित्सा क्षेत्रमा कार्यरत पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले आयुर्बेदेकीक चिकित्सा पद्धतिको वैज्ञानिक र आधुनिक विकासमा सबैको ध्यान जानु पर्ने बताउनुभयो ।
राष्ट्रपति डा। यादवले नेपालमा उपलब्ध प्राकृतिक सम्पदा एवम् दुर्लभ जडीबुटीको संरक्षण एवम् उपयोगमा लाग्न पनि प्रतिनिधी मण्डल सँग अनुरोध गर्नु भयो । नेपालमा वि।सं। २००७ साल देखि आयुर्वेद चिकित्सा पद्धतीको बिकास हुदै आएको छ ।
Posted On:-
