Latest News


फोरमद्वारा आन्दोलनको चेतावनि


काठमाडौ कार्तिक १५ । मधेशी जनअधिकार फोरमले बिगत भएका सहमती कार्यान्वयनका लागि सरकारलाई अल्टिमेटम दिएको छ । फोरमले प्रधानमन्त्री माधबकुमार नेपालसंग आज भेटगरि बिगतमा संयुक्त मधेशी मोर्चासंग भएको सहमति कार्यान्वयन गर्न आग्रह गरेको हो । फोरमले प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझाउदै सहमति कार्यान्वयनको भरपर्दाे प्रतिवद्धता नआए आन्दोलनमा जानुको बिकल्प नएको चेतावनि दिएको हो । ज्ञापन पत्र बुझदै प्रधानमन्त्री नेपालले बिगतमा भएको सम्झौता कार्यन्वयनका लागी सरकारले प्रकि्रया सुरु गरिसकेको बताउनु भएको फोरम नेता विपी यादबले जानकारी दिनु भयो ।

प्रधानमन्त्रीले विगतमा भएका सहमति कार्यान्वयनका लागि सरकार इमान्दार रहेको बताउनु भएको थियो । तर नेता यादवले प्रधानमन्त्रीको आश्वासन विश्वसनीय नभएकोले आन्दोलनमा जानुको विकल्न नरहेको बताउनु भयो । फोरमले बुझाएको ज्ञापनपत्रमा मधेश आन्दोलनका क्रममा मारिएका परिवारलाई क्षतिपुती रोजगारी दिने लगायतका कार्य तत्काल गर्नु पर्ने बिशेष सुरक्षा योजनाका नाममा मधेशी जनतामाथी भइरहेको धरपकड रोक्नुपर्ने लगायत छन । यसैगरी फोरमले सफल विबादका कारण निश्कृर्य रहेका उपराष्ट्रपति परमानन्द झाको पद कि्रर्याशील बनाउन पनि सरकारसंय आग्रह गरेको छ । फोरमले आफूहरुका माग पूरा नभए आन्दोलनमा जाने चेतावनि दिएको छ ।

यसैबीच मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादबले अहिलेको सरकार हरतरहले असफल भएको दाबि गर्दै राष्ट्रिय सहमतिको सरकारको विकल्प नभएको बताउनुभएको छ ।

संबिधान निर्माण शान्ति प्रकृया तथा मुलुकको अर्थतन्त्रमा समेत यो सरकारले कुनै उपलब्धि गर्न नसकेको बताउदै उहाँले सबै दलहरुको सहभागीता रहने सहमतिको राष्ट्रिय सरकारको आबश्यकतामा जोड दिनुभयो ।

राजधानीमा आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै फोरम अध्यक्ष यादबले प्रमुख दलहरुमा सहमति बनाएमा मात्र मुलुक द्धन्द्धबाट बच्ने बताउनु भयो । उहाँले जनभाबना समेट्ने कार्य गर्न सरकारलाई सुझाब दिनुभयो । राष्ट्रसंघले पनि नेपालमा सहमतिको सरकार बनाउन आग्रह गरेको उल्लेख गर्दै असफल सरकार हट्नु उचित हुने उहाँको धारणा थियो ।


Posted On:-
Online radio
News

अन्तर्राष्ट्रिय समुदाय सहमतिको सरकारका पक्षमाः प्रचण्ड

काठमाडौं कार्तिक १५ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले अन्तराष्ट्रिय समुदायले समेत नेपालमा Read More »


माओवादीद्वारा दोस्रो चरणको आन्दोलन सुरु

काठमाडौ कार्तिक १५ । नागरिक सर्वोच्चताको माग सहित दोस्रो चरणको आन्दोलन सुरु गरेको एकीकृत नेकपा माओवादीले आज साझं दे Read More »


कंग्रेस महासमिति बैठक शुरु

काठमाडौं कार्तिक १५ । नेपाली कांगे्रसको महासमिति बैठक आजबाट राजधानीमा सुरु भएको छ । राजधानीको कमलादीस्थाित प्रज्ञì Read More »


सशस्त्र प्रहरीलाई पैदल गस्तीमा परिचालन

मोरङ, कात्तिक १५/नयाँ सुरक्षा योजना लागु भएपछि जिल्लाका सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले लामो पैदल गस्ती परिचा Read More »


माओवादीलाई आन्दोलन छाडेर सहमतिमा आउन कोइरालाको आग्रह ::-कांग्रेस महासमिति बैठक सुरु

कांग्रेस महासमिति बैठक सुरु काठमाडौं, १५ कातिक नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादीका अध्यक्ë Read More »